भारतमा भारतीय जनता पार्टीलाई सुविधाजनक बहुमत

279

काठमाडौं, जेठ १० : भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकालका लागि सरकार गठन गर्न सुविधाजनक बहुमत प्राप्त भएको छ । लोकसभाको ५४२ सिटका लागि भएको निर्वाचनको जारी मतगणनामा मोदीको दल भारतीय जनता पार्टीले ३०० भन्दा बढी स्थानमा जीत हासिल गरेको छ । यो जित संगै ६८ बर्षिय मोदी जवाहरलाल नेहरु र इन्दिरा गान्धी पछी भारतको इतिहासमा बहुमत सहित दोस्रो कार्यकाल सरकार चलाउने तेस्रो व्यक्ति एवं पहिलो गैर कंग्रेस प्रधानमन्त्री बन्नु भएको छ । जारी मतगणनामा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एन डि एले ३४८ सिट जितिसकेको छ । विपक्षी कंग्रेस गठबन्धनले अघिल्लो निर्वाचनको भन्दा केही सुधार गरेको भएपनि अपेक्षित नतिजा भने प्राप्त गर्न सकेन । कंग्रेसले ५२ सिट जितेको छ । प्रधानमन्त्री मोदीले आफ्नो र आफ्नो दलको विजयलाई भारतीय जनताको विकास र समृद्धीको चाहना भएको बताउनुभएको छ । सन् २०१४ मा भएको आमनिर्वाचनमा संसदमा बहुमत सहित सत्तामा पुगेको भाजपा यो निर्वाचनमा झनै बलियो स्थितिमा पुगेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here