चितवन जिल्ला दूधमा आत्मनिर्भर

135

काठमाडौं, जेठ १० : चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । विभिन्न समिति र उपसमितिहरु गठन गरी दूध र दुग्धजन्य पदार्थको वास्तविक तथ्याङ्क लिइ चितवनलाइ दूधमा आत्मनिर्भर जिल्ला घोषणा गर्न लागिएको हो । कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको चितवनले उत्पादन गरेको दूध बाहिरी जिल्लामा समेत निर्यात गर्दै आइरहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिनुभयो । चितवनमा उत्पादन हुने दूधको ४० प्रतिशतभन्दा बढी बाहिरी जिल्लामा पठाउने गरिएको छ । जिल्लामा उत्पादन भएको आधा दूधले चितवनलाइ पुग्ने गरेको छ । सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख लिटर दूध उत्पादन हुन्छ भने १३७ दुग्ध उत्पादक सहकारी सङ्घसंस्था रहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here