म्याक्रनलाई ब्रेक्जिटको चिन्ता

132

काठमाडौं, जेठ ११ : फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रनले बेलायतकी प्रधानमन्त्री थेरेजा मे ले पदबाट राजिनामा दिए पछी अब ब्रेक्जिट के हुन्छ भन्ने विषयमा निर्णय हुनुपर्ने बताउनुभएको छ । युरोपेली संघबाट बहिर्गमन सम्वन्धमा भएको पहलमा आफ्नै दलका सांसद र मन्त्रीहरुले समेत साथ नदिएपछी प्रधानमन्त्री मेले हिजो राजिनामा दिनुभएको छ । तर अन्यौलमै रहेको ब्रेक्जिट सम्वन्धमा कसरी अघी बढ्ने भन्ने बारेमा निर्णय आवश्यक भएको फ्रान्सेली राष्ट्रपतिले बताउनु भएको छ । उहाँले इयुको सहज र स्वभाविक संचालनमा पनि जोड दिनुभएको छ । इयुले ब्रेक्जिट प्रस्तावमा कुनै पनि परिमार्जन नगर्ने यस अघी नै निर्णय गरिसकेको छ । तर सो विषयमा तीन पटक मतदान भएपनि बेलायती संसदले कुनै ठोस निर्णय गर्न सकेको छैन् । इयुका नेताहरुले बेलायतका भावी प्रधानमन्त्री संग सहकार्य हुने तर यस अघी इयु बैठकबाट फिर्ता भएको ब्रेक्जिट सम्झौता प्रस्तावमा भने कुनै परिमार्जन नहुने बताएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here