साउदी अरेवियालाई हतियार बेच्दै अमेरिका

169

काठमाडौं, जेठ ११ : अमेरिकाले साउदी अरेवियालाई अर्वौं डलर वरावरका हतियार बेच्ने निर्णय गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका कारण खाडी मुलुकहरु र अमेरिकामै बढीरहेको सुरक्षा खतरा विरुद्ध लड्न हतियार आवश्यक भएको भन्दै आठ अर्व डलर मूल्यका युद्धक हतियार बिक्रिको सहमति दिनुभएको हो । राष्ट्रपति ट्रम्पले इरानसंगको खराव सम्वन्धले अमेरिकामा राष्ट्रिय संकटको अवस्था आएको भन्दै त्यसको सामना गर्न आफ्ना सहयोगी मुलुकहरुलाई हात हतियार बिक्रि गर्नु जरुरी भएको बताउनुभएको छ । उहाँले संयुक्त अरव इमिरेट्स र जोर्डनलाई पनि हतियार बेच्न लाग्नु भएको बताइएको छ । तर हतियारहरु बिक्रिको निर्णय पुर्व कंग्रेसमा छलफल नगरेको भन्दै डेमोक्रयाट सांसदहरुले निर्णयको विरोध गरेका छन् । संसदलाई हिजो राष्ट्रपतिको निर्णय बारे जानकारी गराउदै विदेश मन्त्री माइक पम्पियोले खाडी मुलुकहरुमा आउन सक्ने खतरा रोक्न तत्काल हतियार विक्रिको निर्णय गर्नु जरुरी भएको बताउनुभएको थियो । तर कंग्रेसलाई छलेर भएको हतियार बिक्रिको निर्णय अधिनायकवादी शासकहरुलाई खुसी पार्ने नियतले भएको भन्दै सर्वसाधारण नागरिकहरु माथी हतियार प्रयोगको खतरा प्रति सांसदहरुले आवाज उठाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here