गर्मीले विद्यालय बन्द

92

काठमाडौं, जेठ ११ : गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । गर्मीले पठनपाठनमा समस्या आएकाले वाणगङ्गा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालयले एक साताका लागि विद्यालय बन्द गरेका छन् । जिल्लाका अन्य आठ स्थानीय तहले समेत गर्मी बढेपछि विद्यालय बन्द गर्ने बारे छलफल भइरहेको जनाएका छन् । यही जेठ १२ देखि १७ गतेसम्मका लागि विद्यालयमा गर्मी बिदा दिइएको छ । अधिकांश सामुदायिक विद्यालयमा टिनको छाना भएको र कक्षाकोठामा पङ्खासमेत नभएका कारण विद्यार्थीलाई सास्ती छ । गर्मीका कारण साना बालबालिका कक्षा कोठामै निदाउने र बेहोस हुने समस्या बढेको शिक्षकले बताएका छन् । अभिभावकले विद्यालय बन्द गर्ने माग गरेकाले एक हप्ताका लागि बिदा दिइएको वाणगङ्गा नगरपालिका, शिक्षा शाखाका प्रमुख बावुराम भट्टराईले बताउनुभयो । जिल्लाको तापक्रम ४० देखि ४४ डिग्री सेल्यियससम्म पुगेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here