आकाशियो तरकारीको भाउ

112

काठमाडौं, जेठ ११ : सर्वसाधारणको भान्सामा दैनिक प्रयोग हुने तरकारीको मुल्य आकाशिए पछि उनीहरुको भान्सा महंगिएको छ । दैनिक रुपमा प्रयोग हुने आलु, काउली गोलभेडा खुर्सानी फर्सी जस्ता तरकारीको भाउ ६५ प्रतिशत सम्म बढेको छ । तरकारीहरु मध्ये गोलभेडा, काउली, हरियो साग र खुर्सानी त छोइन सक्नु भएको छ । हिउद लागेको र यसै समयमा असिना पानीले पाकेको तरकारी विग्रिएकाले महँगिएको तरकारी ढुवानीकर्ताले भन्ने गरेको कालीमाटी तरकारी वजारले जनाएको छ । खास गरी कामै नगरी किसान र विक्रेताको विचमा वसेर चलखेल गर्ने विचौलीयाहरुले बढी नाफा लिँदा सामान्य उपभोक्ता त्यसको मारमा परेका छन् । विचौलिया वजार निर्माता भएपनि उनीहरुलाइ नियमन गर्न नसक्दा उनीहरुले गर्ने कारोवार परदर्शी छैन । कतीमा लिएर कतीमा वेच्छन् अनुगमन गर्न गार्‍हो भएकोले उनीहरुलाइ करको दायरामा ल्याउनु पर्ने भनाइ कालिमाटी तरकारी वजारका  अधिकारीहरुको छ ।एकातिर तरकारीको भाउ आकाशिएपछि उपभोक्ता मारमा परेका छन् भने कतिपय तरकारीको त गणस्तर मात्र होइन तौलमा पनि उनीहरु ठगिएका छन् । यी काउलीमा झट्ट हेर्दा उपभोक्ताहरु फुल कम र पात बढी खान्छन् की जस्तो देखिन्छ । निमोठेर फाल्दा चौपायाले पनि नखाने यस्ता पात सहित किन्नु पर्ने उपभोक्ताको वाध्यता छ । किसानहरु काउलीसँगै त्यसैको भाउमा पात पनि वेच्न पल्किएपछि काउलीसँगै पात पनि त्यसैको भाउमा विक्री हुने संस्कार वसिसकेको छ । काउलीको फुललाइ सुरक्षा दिन पातले वेरेको किसानहरुको तर्क भएपनि सिजनमा आउने काउलीमा त्यस्ता पात नहुने कालिमाटीका खुद्रा व्यापारीहरुको छ ।कालिमाटी तरकारी वजारले दिएको जेठ १० गतेको तरकारीको थोक मुल्यलाइ गत बर्षको सोही दिनको कारोवार भएको मुल्यसँग दाँज्ने हो भने ८५ प्रतिशत तरकारीको भाउ बढेको छ । वन्दा, पालुँगोको साग र गाँजरको मुल्य भने गत बर्षको जेठ १० गतेको तलुनामा घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here