प्रधानमन्त्री कप क्रिकेट शुरु

70

काठमाडौं,जेठ १३ :प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुदैछन् । कीर्तिपुर स्थित त्रिवि मैदानमा शसस्त्र प्रहरी बल नेपालको एपीएफ क्लव र सुदुरपश्चिम प्रदेश बीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा प्रदेश ३ र प्रदेश ५ बीच प्रतिस्पर्धा हुने कार्यक्रम छ । पहिलो खेल जित्दै ३ अंक बनाइसकेको एपिएफ आजको खेल पुन जित्दै अंक दोब्बर बनाउने रणनितिमा छ भने सुदुरपश्चिम प्रदेश पहिलो जित निकाल्ने दाउमा देखिएको छ । यसैगरी राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ पहिलो जितको खोजीमा छ । पहिलो खेलमा एपीएफसंग पराजित भएको टोली आज प्रदेश ५ विरुद्ध जीत निकाल्ने रणनीतिमा छ । प्रतियोगीता अन्तरगत हिजो भएका खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले पराजित गर्यो भने हिजै भएको अर्को खेलमा प्रदेश १ लाई ११३ रनले हराउदै नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले दोस्रो जीत दर्ता गरायो । अन्य घरेलु खेलकुद प्रतियोगिताहरुमा जस्तै जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा पनि विभागीय टोलीहरुकै बर्चश्व देखिएको छ । प्रतियोगितामा हालसम्म भएका खेलमा आर्मीले दुइ खेल जितेको छ भने नेपाल पुलिस र एपिएफले एक एक खेलमा जित हासिल गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here