युरोपेली संसदको लागि निर्वाचन

225

काठमाडौं,जेठ १३ :युरोपेली संघका सदस्य राष्ट्रहरुको साझा संसद युरोपेली संसदको सदस्य चुन्नका लागि भएको मतदानमा यस अघि बर्चश्वमा रहेका दलहरुले पराजय व्यहोर्ने देखिएको छ । निर्वाचनको जारी मतगणनामा उग्रवाम र मध्यम प्रजातान्त्रिक आस्था बोकेका दल र तिनको गठबन्धनले पराजय व्यहोर्ने भएको छ । चार चरणमा गरेर सम्पन्न भएको मतदानमा वातावरणको मुद्दा बोकेका ग्रिन पार्टी र पुर्ण प्रजातान्त्रिक आस्था बोकेका दलहरुको भने बलियो उपस्थिति देखिएको छ । इयुका सबै २८ सदस्य राष्ट्रहरुमा भएको मतदानमा २० बर्ष यताकै धेरै ५० दशमलव ५ प्रतिशत मतदाताले मतदान गरेको बताइएको छ । संसदको पाँचबर्षे नवौं कार्यकालका लागि भएको मतदानमा ७५१ संसद सदस्य चुन्नका लागि इयु सदस्य राष्ट्रका मतदाताहरुले मतदान गरेका थिए । इयुको विधान अनुसार सबै सदस्य राष्ट्रको समानुपातिक प्रतिनिधित्व गराइने संसदमा रहने आठ वटा राजनितिक समूहमा नै निर्वाचित सांसदहरु आवद्ध हुनुपर्ने छ । वर्तमान संसदको कार्यकाल आगामी जुलाई महिनाको २ तारिखमा सकिदै छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here