मालपोत कार्यालयमा सेवाग्राहीलाई समस्या

81

काठमाडौं,जेठ १३ :मालपोत कार्यालय धादिङमा कर्मचारीको ढिलासुस्तीका कारण सेवाग्राहीले समस्या भोग्नु परेको छ । कर्मचारीले विभिन्न बहाना बनाई काममा ढिला सुस्ति गर्ने मात्र नभई सामान्य कामलाई पनि दुई तीन दिनसम्म लगाई दिने गरेको पीडितको गुनासो छ । कर्मचारीको अभाव, इन्टरनेट, वजुली बत्तीको समस्या देखाउदै काममा ढिलाई गर्ने गरेका छन् । सरकारले मालपोत कार्यालयमा सेवा लिन आउनेसेवाग्राहीको सहजताका लागि  कम्प्युटर प्रणाली जडान गर्नुका साथै अनलाइनबाटै सेवादिने व्यवस्थाका लागि कामको शुरुवात गरिसकेको छ । तर त्यहाँङ्कँ कर्मचारीले भने आवश्यकता अनुरुप कर्मचारीको व्यवस्था हुन नसकेको र इन्टरनेट नचलेको भन्दै काममा ढिलासुस्ती गर्ने गरेका छन् । छिटो छरितो रुपमा काम गर्नुपरे कर्मचारीहरुले सिधै पैसा माग्ने गरेको पनि सेवाग्राही गुनासो छ । साथै मालपोत कार्यालय धादिङमा आर्थिक अनियमितता समेत हुने गरेको सरोकारवाला निकायको निगरानीका क्रममा फेला परेको बताइएको छ । मालपोत कार्यालय धादिङले भने सेवाग्राहीसँग कुनै पनि काम छिटो गर्नका लागि आर्थिक लेनदेन नभएको जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here