खाद्यान्न ढुवानीमा समस्या

83

काठमाडौं,जेठ १३ :हुम्लाको सिमकोटस्थित नेपाल खाद्य  संस्थानको चामल हवाईमार्गबाट ढुवानी गर्न नसकिदा नेपालगञ्ज र सुर्खेतामा थन्किएको छ । निजी विमान कम्पनीहरुले खाद्यान्न ढुवानी नगर्दा वितरणमा समस्या हुने भएको छ । वैशाखदेखि निजी विमान कम्पनीले नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी नगर्दा सिमकोटस्थित खाद्य संस्थानको गोदाममा चामल सकिन थालेको छ । वैशाखमा निजी विमान कम्पनीले पूर्वी नेपालमा उडान भरेकाले चामल ढुवानी हुन नसकेको नेपाल खाद्य संस्थानका नासु सुरेन्द्र पोखरेलले जानकारी दिनुभयो । अहिले गोदाममा करीब दुई हजार क्विन्टल मात्रै चामल मौज्दात छ । निजी कम्पनी तारा, सीता र समिटले यहाँ खाद्यान्न ढुवानी गर्दै आएका थिए । सिमकोट र खार्पुनाथ गाउँपालिकामा खाद्यान्नको बढी समस्या हुने गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here