यो सिजनमा मात्र ८ जना आरोहीको मृ‌त्यु

111

काठमाडौं,जेठ १३ :सगरमाथा आरोहणका क्रममा यो सिजनमा मात्रै मृत्यु हुनेहरुको संख्या ८ पुगेको छ । सगरमाथा चढ्ने र ओर्लिने आरोहीहरुको संख्या अत्यधिक बढ्दा बाटोमा घण्टौं रोकिनुपर्ने बाध्यता भएकाले उनीहरुसँग भएको अक्सिजन सकिदा कतिपय आरोहीहरुको मृत्यु हुने गरेको पाइउको छ । शनिबार ४४ वर्षीय ब्रिटिश नागरिक रोबिन हायन्स फिसरको मृत्यु भएसँगै सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेहरुको संख्या ८ पुगेको पर्यटन विभागका सम्पर्क अधिकृत मिरा आचार्यले बताउनु भयो । नेपाली शेर्पा गाइडहरुले ट्राफिक जाम हुने ठाउँलाई ‘मृत्यु क्षेत्र’ (डेथजोन) नाम दिएका छन् । उनीहरुले अहिले ट्राफिक जाम गम्भीर समस्या बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । चौथो शिविरदेखि शिखरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने गरेको आरोहीहरु बताउँछन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ ।  यसैबीच सगरमाथामा देखिएको मानव भीड र चापका कारण यस सिजनमा आरोहीहरुको मृत्यु संख्या बढेको भन्ने सम्वन्धमा आएका भनाइहरुको पर्यटन विभागले खण्डन गरेको छ ।  विज्ञप्ती जारी गर्दै विभागले सगरमाथामा आरोहीहरूको भिडका कारण केहीको मृत्यु भएको भन्ने समाचारमा सत्यता नभएकोले दुष्प्रचार नगर्न भनेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here