विश्वकप क्रिकेट आजदेखि

169

काठमाडौं, जेठ १६ :विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको १२औ संस्करण आज सुरु हुदै छ । बेलायतको लण्डनस्थित दि ओभल रङ्गशालामा आज अपरान्ह एक भव्य समारोहकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुदैछ । इङल्याण्ड र वेल्सका विभिन्न शहरहरुमा खेलाइने प्रतियोगिता अन्तरगतका खेलहरु डेढ महिना सम्म संचालन हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा एकदिवसीय वरियताको शीर्ष स्थानमा रहेको आयोजक इङल्याण्ड र दक्षिण अफ्रिका बीच खेल हुदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ । क्रिकेट खेलको यो विश्वकप प्रतियोगितामा आयोजक इङल्याण्ड सहित अष्ट्रेलिया, भारत, दक्षिण अफ्रिका, पाकिस्तान, न्यूजिल्याण्ड, श्रीलंका, बंगलादेश, वेष्ट इण्डिज र अफगानिस्तान गरि १० राष्ट्रको सहभागिता छ । आगामी जुलाइ १४ तारिख सम्म संचालन हुने प्रतियोगितामा ४८ खेलहरु हुनेछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here