हंगेरीमा डुंगा दुर्घटना/७ जनाको मृत्यु

221

काठमाडौं, जेठ १६ :हंगेरीको राजधानी बुडापेस्टस्थित ड्यान्युब नदीमा डुङ्गा घोप्टिंदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी हराइरहेका अन्य १९ जनाको खोजी भइरहेको छ । हङ्गेरीको सरकारी सञ्चार माध्यमका अनुसार नदी किनार नजिक अड्याइरहेको सो डुङ्गामा अर्को पानीजहाज आएर ठोक्किंदा सो दुर्घटना भएको हो। त्यतिवेला सो डुङ्गामा ३३ जना यात्रुहरु थिए जसमध्ये धेरैजसो दक्षिण कोरियाली पर्यटकहरु थिए । आफ्ना १९ जना नागरिक हराइरहेको दक्षिण कोरियाको विदेश मन्त्रालयले पनि पुष्टि गरेको छ। ठूलो बर्षा भैरहेकाले ड्यान्युब नदीमा बाढीको अवस्था छ । ठोक्किन आएको अर्को जहाजमा भने कुनै मानवीय क्षति नभएको बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here