इजरायलमा पुन: निर्वाचन

177

काठमाडौं, जेठ १६ :इजरायलमा गत महिना निर्वाचित प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकार गठन गर्न असमर्थ भएपछी पुनः नयाँ निर्वाचनको मिति घोषणा गरिएको छ । गत महिना भएको निर्वाचनमा ठूलो दल बनेको प्रधानमन्त्री नेतान्याहुको दलले संसदमा बहुमत हासिल गर्न नसकेपछि ताजा निर्वाचनको निर्णय गरिएको हो । यहुदी समूदायका यूवाहरुलाई अनिवार्य सैन्य तालीम दिने व्यवस्थामा लचिलो बन्ने खालको नयाँ विधेयकमा कुरा नमिल्दा नेतान्याहुले दक्षिणपन्थी दलहरुको समर्थन गुमाउनु भएको थियो । सरकार गठनका लागि प्रधानमन्त्री नेतान्याहुलाई बुधबारसम्मको समय दिइएकोमा उहाँले सरकार गठन गर्न नसकेपछि संसदमा मतदान भएको थियो । मतदानमा सांसदहरुले संसद विघटनको पक्षमा भोट हाले । अब त्यहाँ आगामी सेप्टेम्बर १७ तारिखमा पुनः निर्वाचन हुने भएको छ । इजराइलको राजनीतिक इतिहासमा यसरी सरकार नै बनाउन नसकेर नयाँ निर्वाचन गर्नुपरेको यो पहिलो पटक हो।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here