पर्वतारोहण नेपालको पहिचान-उपराष्ट्रपति पुन

189

काठमाडौं, जेठ १६ :उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतारोहण नेपालको पहिचान भएको बताउनु भएको छ ।  एभरेष्ट डेका अवसरमा अष्ट्रियाको भियनामा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले  ‘सगरमाथा सहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान बनेको बताउनु भयो । उहाँले अष्ट्रियाली आरोहीहरुले नेपाल र अष्ट्रियाबीचको सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न भूमिका खेलेको बताउनुभयो । विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उपराष्ट्रपति पुनले बताउनु भयो ।   उपराष्ट्रपति पुनले ६० वर्ष पुग्न लागेको नेपाल र अष्ट्रियाबीचको कूटनीतिक सम्बन्ध र सगरमाथा र सम्पदाका कारण जोडिएको जनस्तरको सम्बन्ध आगामी दिनमा अझै समुधुर हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल पर्यटन वोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी गराउनु हुँदै नेपाल घुम्न आग्रह गर्नुभयो । कार्यक्रममा पहिलो पटक अक्सिजन विना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको किर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का सगरमाथा आरोही जोसेफ इन्वाल्नेरले आफ्नो अनुभूति राख्दै अष्ट्रियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।  कार्यक्रममा सगमाराथा आरोही हष्ट्रियालीहरुलाई नेपालको तर्फबाट उपराष्ट्रपति पुन र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले सम्मान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here