पहिलो एकदीवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेर नेपाली टोली स्वदेश फिर्ता

33
क्रिकेट टोली विमानस्थल

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ। नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद र खेलकूद मन्त्रालयका पदाधिकारीहरुका साथै क्रिकेट प्रशंसकहरुले स्वागत गरेका छन् । हालै एक दिवसीय टोलीको मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्डस् सँग उसकै घरेलु मैदानमा २ खेल खेलेको थियो । पहिलो खेलमा पराजित भएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जीत हासिल गरेको थियो।

नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा नेपाली टोलीले आगामी दिनमा अझै राम्रो प्रदर्शन गर्ने बताउनुभयो । साथै पहिलो पटक नेपाली दर्शकले आफ्नो टोलीको अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्न पाएको बताउँदै राम्रो प्रदर्शनका लागि आफूले प्रयास गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here