खर्चको संशोधित अनुमानमा भएको त्रुटीलाई सच्च्याइने

71

काठमाडौं, जेठ १९ :अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चालु आर्थिक वर्षको खर्चको संशोधित अनुमानमा केही त्रुटी भएकाले त्यसलाई सच्च्याइने प्रतिनिधिसभालाई जानकारी गराउनु भएको छ । खर्चको संसोधित अनुमान मात्र होइन आयोजनागत खर्च देखाउने रातो कितावमा पनि केही अंक गडवढी भएकाले त्यसलाई संसोधन गरिने उहाँले वताउनु भयो । प्रतिपक्षी दलका सांसद मिनेन्द्र रिजालले अनुसुची १ मा राजश्वको वाँडफाँडको संसोधित अनुमान र संसदले दिएको अधिकार क्षेत्र भन्दा बाहिर गएर आन्तरिक ऋण उठाउन खोजेको भन्दै विरोध गरेपछि अर्थमन्त्रीले संसदलाइ जानकारी गराउनु भएको हो । त्यसपछि अर्थमन्त्री डाक्टर खतिवडाले आगामि आर्थिक वर्षको वजेटको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस भनी प्रस्ताव राख्नु भयो । आर्थिक स्थायीत्व सहितको दिगो विकासका लागि आधार तयार गर्ने गरी वजेट विनियोजन गरिएको र आन्तरिक ऋण कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत नबढ्ने गरी प्रस्ताव गरिएको उहाँले संसदलाइ जानकारी गराउनु भयो। बजेटको वार्षिक आय र व्ययमाथिको छलफल जारी छ । यसअघि आजको वैठक शुरु हुनासाथ सांसद लक्ष्मणलाल कर्णले राज्यका निकाय र आयोगहरुले नै समावेसी समानुपातिकको व्यवस्था लागु नगरेको भन्दै सभा मार्फत सरकारको ध्यानाकर्षण गराउनु भयो । लोक सेवा आयोगले निकालेको जनशक्ति मागमा समानुपातिक नभएको भन्दै सांसद कर्णले यसमा संवैधानिक व्यवस्था अनुसार मिलाउन सभामुख मार्फत सरकारको ध्यानकर्षण गराउनु भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here