नेपाल मलेशियासँग पराजित

135

काठमाडौं, जेठ २०:पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल मलेशियासंग पराजित भएको छ । मलेशियामा हिजो भएको खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मलेसियाले लगातार दुई गोल गर्दै नेपाल विरुद्ध जित दर्ता गरायो । मलेशियाले खेलको ५१ औं र ८२ औं मिनेटमा गोल गरेको थियो । खेलमा नेपालले केही राम्रा अवसरहरु प्राप्त गरेपनि त्यसको सदुपयोग गर्न नसक्दा पराजय व्यहोर्न वाध्य भयो । फिफा वरियतामा मलेशिया नेपाल भन्दा ७ स्थान तल छ । पछिल्लो फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ भने मलेसिया १ सय ६८ औं स्थानमा छ । विश्वकप छनोटको तयारीका लागि नेपालले मलेसियासंग मैत्रीपूर्ण खेल खेलेको हो । अब नेपालले चाईनिज ताईपेसंग उसैको घरेलु मैदानमा आगामी विहिवार मैत्रीपूर्ण खेल खेल्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here