व्यापारबारे चीनको श्वेत पत्र

64

काठमाडौं, जेठ २०:चीनले अमेरिकी सरकारले आफ्ना उत्पादनको आयातमा लगाएको कर बृद्धी र त्यस सम्वन्धमा चालिएको कदमबारे व्यापार स्वेत पत्र जारी गरेको छ । चीनको राज्य परिषद्को प्रेस कार्यालयले आइतबार जारी गरेको श्वेतपत्रमा अमेरिकाले पटक पटक सम्झौता उल्लङघन गरेको उल्लेख । चीन–अमेरिका आर्थिक व्यापारिक सम्झौता वार्तामा चीनको अडान सम्बन्धमा शिर्षक दिएर जारी गरिएको श्वेतपत्रमा चीनले आर्थिक व्यापारिक सम्झौता आपसी सम्मान र दुवै पक्षको हितको आधारमा हुनुपर्ने उल्लेख गरेको छ । चीनले अमेरिकाले लागूगरेको सबै अतिरिक्त कर रद्द गर्दै दुवै पक्षको साझा हितअनुकूल हुनेगरी काम सुरु गर्न वार्ताका लागि पनि आग्रह गरेको छ । अमेरिकाले चिनियाँ सामान माथि लगाएको अतिरिक्त करको व्यवस्था नहटाएपछि चीनले पनि शनिबारदेखि ६० अर्ब अमेरिकी डलर बराबरका विभिन्न अमेरिकी उत्पादनमाथि थप भन्सार कर लिन सुरु गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here