११ वर्षीय बालक अपहरण र हत्यामा संलग्न तामाङ द्वयको प्रहरी कारवाहीमा मृत्यु

141
हत्या मृत्यु

सिन्धुपाल्चोक घर भइ काठमाडौको काँडाघारी बस्दै आएका ११ वर्षे बालक निशान खड्काको अपहरण गरी हत्या गर्ने अजय तामाङ र गोपाल तामाङको प्रहरी कारवाहीमा मृत्यु भएको छ । काँडाघारीबाट अपहरण गरि भक्तपुरको मध्यपुर थिमिमा लगी हत्या गरिएका बालकको हत्यारा खोज्ने क्रममा सूर्यविनायक जंगलमा प्रहरीसँगको दोहोरो भीडन्तमा परी दुई जना हत्याराको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वको प्रहरी टोलीसंगको दोहोरो भिडन्तमा अपहरणकारी नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ्ग र सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय गोपाल तामाङ्गको मृत्यु भएको हो । सूर्यविनायक जंगलमा अपहरणकारीसंग जम्काभेट भएपछि दोहोरो भिडन्त भएको प्रहरीको भनाइ छ । घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिमकार्ड प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।

अपहरणकारीले बालकका परिवारसँग ४० लाख फिरौती माग गरेका थिए । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । निशान खड्काको अपहरणपछि हत्या गरि गाडेको अबस्थामा प्रहरीले शव फेला पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here