माथिल्लो त्रिशुली थ्री ए को उत्पादन बन्द

74

काठमाडौं, जेठ २०:माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको दुई सातामै उत्पादन वन्द गरेको छ । पहिलो चरणमा आयोजनाको विद्युत गृहवाट कुल जडित क्षमताको आधा अर्थात ३० मेगावाट विद्युत उत्पादन सुरु गरेकोमा पुन वन्द भएको हो ।  राष्ट्रिय प्रसारण लाइनमा जोडिएको साता नवित्दै उपकरण तथा प्रशारण लाइनको स्थिति परिक्षण गर्नका लागि परीक्षण उत्पादन बन्द गरिएको आयोजनाले जनाएको छ । परिक्षणपछि केहि दिनमा पुनः उत्पादन शुरु गरिने आयोजनाका कर्मचारी नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।  आयोजनाको सुरुङ, प्रशारण लाइन तथा मेसिन उपकरणहरु परिक्षण गर्नु पर्ने नीति अनुसार उत्पादन वन्द गरिएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here