दार्चुलामा विद्युद आपूर्तिमा समस्या

176

काठमाडौं, जेठ २०:राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि दार्चुलामा विद्युत् आपूर्ति अनियमित भएको छ । चमेलियाको ११ केभी क्षमताको प्रसारण लाइनमा जोडिएसँगै दार्चुलामा विद्युत् अनियमित भएको हो । यसक्रममा जेठ १ गतेदेखी दार्चुलामा विद्युत आपूर्ति  अनियमित भएको छ । राष्ट्रिय प्रसारण लाइन अवरुद्ध भएको दुई दिनसम्म पनि मर्मत नहुँदा दार्चुला जिल्ला पूरै अन्धकारमा छ । भारतबाट आयात गरिएको ८०० किलोवाट विद्युत् कटौती गरिएपछि जिल्लावासी थप समस्यामा परेका हुन । प्राधिकरणका कर्मचारी मीनराज पन्तले विद्युत् आपुर्ति गर्न कर्मचारी पठाइए पनि सामान टुटफुट भएकाले समय लाग्ने बताउनुभयो । बत्ती नहुँदा अस्पतालका बिरामीसमेत मार्कामा छन् । दार्चुलाका सञ्चारमाध्यम रातिको समयमा बन्द हुने गरेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here