विश्वकप क्रिकेटमा श्रीलंका र अफगानिस्तान भिड्दै

191

काठमाठौं, जेठ २१ :आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा आज दुई दक्षिण एशियाली मुलुक श्रीलंका र अफगानिस्तान बीच खेल हुदै छ । अपरान्ह सवा ३ बजे सुरु हुने प्रतियोगिता खेल्न लागेका दुवै टोलीको लक्ष्य पहिलो जित हासिल गर्नु रहेको छ । पहिलो खेल गुमाएका दुवै टोली दोस्रो खेलमा जित निकाल्दै २ अक जोड्ने लक्ष्यमा छन् । पहिलो पटक विश्वकप खेलिरहेको अफगानिस्तान आज जित निकाल्दै इतिहास रच्ने अपेक्षाका साथ मैदानमा उत्रदै छ । यसअघी श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो  भने अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटको हार व्यहोर्न वाध्य भएको थियो । यी दुइ टोली बीच यस अघी भएको पछिल्लो ३ भेटमा श्रीलंकाले २ र अफगानिस्तानले एक खेल जितेका छन् । विश्वकपमा हिजो भएको खेलमा पाकिस्तानले आयोजक इङ्ल्याण्डलाई १४ रनले पराजित गर्‍यो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here