ट्रम्पको बेलायत भ्रमण

82

काठमाठौं, जेठ २१ :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत र अमेरिका बीच आत्मीय भाइचाराको सम्बन्ध रहेको बताउनुभएको छ । तीन दिने राजकीय भ्रमणमा बेलायत जानु भएका राष्ट्रपति ट्रम्पले बेलायती महारानी एलिजावेथ द्वितीयले उहाँको सम्मानमा बकिङहम प्यालेसमा आयोजना गर्नु भएको रात्री भोजमा सहभागी हुने क्रममा दुई देश बीचको सुमधुर र आत्मीय सम्बन्धको खुलेर प्रसंशा गर्नुभएको हो । रात्री भोजमा महारानी एलिजावेथ द्वितीयले दुबै देश दशकौंदेखि असल मित्र राष्ट्रका रुपमा रहेको बताउँदै दुई देश बीचको आपसी समझदारीकै कारण अमेरिका र बेलायतका सर्वसाधारणले सुरक्षा र सम्वृद्धिको अनुभूति गर्नपाएको बताउनु भयो । भ्रमणको केही दिन अघि मात्रै ट्वीट मार्फत् लण्डन शहरका मेयरको आलोचना गर्नु भएका राष्ट्रपति ट्रम्पले बेलायत भ्रमणका क्रममा भने बेलायत, बेलायती जनता र बेलायती महारानीको खुलेर प्रशंसा गर्नुभएको छ । साथै दोस्रो विश्व युद्धका बेला बेलायती जनताले देखाएको बहादुरीको चर्चा गर्दै बेलायती महारानी एलिजावेथलाई महान् महिला भनेर प्रशंसा गर्नुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here