भारतमा अत्यधिक गर्मी / ५० डिग्री सेल्सियससम्म पुग्यो तापक्रम

78

काठमाठौं, जेठ २१ :पानी नपरेपछी भारतका अधिकांश भागमा तापक्रम बढेर ५० डिग्री सेन्टिग्रेट भन्दा माथी पुगेको छ । तापक्रम संगै गर्मी बढेपछी जनजीवन नराम्ररी प्रभावित भइरहेको छ ।   प्रचण्ड गर्मीले गर्दा मानिसहरु घरबाट बाहिर निस्कन छोडेका छन् भने व्यापार व्यवसाय पनि सुस्ताएको छ । हिजो त्यहाँका ७ वटा शहरहरु विश्वकै धेरै गर्मी हुने १५ वटा स्थानको सूचीमा समेत परे । पृथ्वीकै सबैभन्दा बढी गर्मीहुने पाकिस्तानको जाकोवावाद शहरमा हिजो ५१ डिग्री तापक्रम मापन गरिएको थियो ।  त्यसैको हाराहारीमा भारतको राजस्थानमा हिजो ५० दशमलव ८ डिग्री तापक्रम मापन गरिएको भारतीय मौसम विभागले जनाएको छ । विभागले अझै केही दिन तापक्रम बढ्ने र तातो हावा निरन्तर चल्ने बताएको छ । तातोहावाको प्रभाव सबैभन्दा बढी मध्यप्रदेश र राजस्थानमा परेको छ । तातो हावाबाट बच्न त्यहाँ उच्च सतर्कता अपनाइएको अधिकारीले जनाएका छन् । तापक्रमको बढ्दै गएको पारोले त्यहाँ खुल्ला स्थानमा काम गर्नुपर्ने ट्राफिक प्रहरी, रिक्सा चालक तथा फुटपाथका व्यापारीहरुलाई सबैभन्दा बढी सास्ती भएको छ । केही स्थानहरुमा स्वयंसेवकहरुले निःशुल्क खानेपानी र चिसो पेय पदार्थ वितरण सुरु गरेका छन् । गर्मी बढेर मानिसहरु घर बाहिर निस्कन छोडेपछी अनलाइनबाट तयारी खाना र खाजा पुर्याउनेहरुलाई भने भ्याइनभ्याइ छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here