गुनासोको सम्बोधन यही महिनाभित्र

181

काठमाठौं, जेठ २१ :सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा असन्तुष्टि जनाउने कर्मचारीहरुको गुनासो यसै महिनाभित्र सम्बोधन गरिने जनाएको छ । समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका करीब १३ हजार कर्मचारीको गुनासो सम्बोधन गरिनेछ । सरकारले गत चैतमा सङ्घमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ तथा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन गरेको थियो । समायोजनमा परेका कर्मचारीले आफूहरुलाई ‘कर्मचारी समायोजन ऐन–२०७५’ अनुसार समायोजन नगरिएको भन्दै निवेदन दिएका थिए । मन्त्रालयले समायोजनमा परेका कर्मचारीका गुनासा सम्बोधन गर्न गुनासो सहयोगी कक्ष नै स्थापना गरी निवेदन संकलन गरेको थियो । मन्त्रालयले निजामती सेवा र स्वास्थ्य सेवा समूहका लागि छुट्टाछुट्टै कक्ष स्थापना गरी गुनासो सङ्कलन गरेको थियो । सेवागत रुपमा उप–सचिवको संयोजकत्वमा गठित ११ सदस्यीय कार्यदलले गुनासोलाई सम्बोधन गरिरहेको मन्त्रालयको भनाई छ । समायोजन ऐनले गुनासोलाई कसरी सम्बोधन गर्ने भनेर उल्लेख नगरेकाले प्रत्येक गुनासोलाई हेर्नुपर्ने अवस्था आएको छ । गुनासो गर्नेहरुमा श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको, समायोजन गर्दा स्तरोन्नति नभएको, दीर्घरोगी भएकाले समायोजन भएको ठाउँमा जान नसक्ने लगायत रहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here