रसुवामा दुर्घटना/ ३ जनाको मृत्यु

156

काठमाठौं, जेठ २१ :रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा भएको टाटासुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका तीन जना बेपत्ता छन् । पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको टाटा सुमो कालिका गाउँपालिका–१ गुम्चेतमा दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा गोल्जुङ निबासी ३२ बर्षिय नुर्बु तामाङ, बर्ष ३२ कि साँईली घले र ३५ बर्षिय मेन्दो घले छन । जीपमा सवार ११ जना मध्ये घाइते तीन जनाको काठमाण्डौमा उपचार भैरहेको छ । दुर्घटनामा दुई जना सामान्य घाईते भएका छन । दुर्घटनामा परेर बेपत्ता हुनेहरुमा गोल्जुङ का ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । टाटासुमो एक सय मिटर तल त्रिशूली नदिमा खसेर दुर्घटना भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here