हावाहुरीले जनधनको क्षति

225

काठमाठौं, जेठ २१ :केहिदिन देखिको हावाहुरीले सल्यान, रुकुम र नवलपरासी लगायतका जिल्लामा जनधनको क्षति गरेको छ ।  सल्यानको दार्मा गाउँपालिका त्रिवेणीमा रहेको ढाकाडाम स्वास्थ्य चौकीको भवन र वडा २ झ्यारीवाङको जनकल्याण प्राथमिक विद्यालय भवनको छाना उडाएको छ । हुरीले छाना उडाएपछि स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा प्रभावित भएको छ । हावाहुरीले झ्यारीवाङमा स्कुलका साथै स्थानीयका घरको छाना समेत उडाएको दार्मागाउँपालिका उपाध्यक्ष टिका शर्मा वलीले जाकनकारी दिनुभयो । त्यसैगरी रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा एउटा बिद्यालयको भवनमा हावाहुरीले क्षति पुगेको छ ।  हावाहुरीले वालकल्याण माध्यामिक बिद्यालय सिम्तारुका दुई वटा भवनको जस्तापाताको छाना उडाउनुका साथै भवनमा क्षति भएपछि पठनपाठन बन्द गरिएको छ । यसैबीच आइतबार बेलुकीको हावाहुरीले नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । हुरीले उडाएको जस्तापाताले लागेर १० वर्षीया अञ्जली यादवको मृत्यु भएको हो । हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएका छन् । यसैबीच अझै केही दिन देशका अधिकांश भागमा अपरान्हिपछि हावाहुरी मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here