विश्वकप क्रिकेट अन्तर्गत आज भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदै

91

काठमाडौं, जेठ २२:विश्वकप क्रिकेट प्रतियोगिताको आठौं खेलमा आज उपाधिको दाबेदार मानिएको भारत र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने तय भएको खेल नेपाली समयानुसार दिउँसो ३: १५ बजे सुरु हुनेछ । जारी विश्वकपमा भारत पहिलो खेल खेल्दैट भने दक्षिण अफ्रिकाको यो तेस्रो खेल हुनेछ ।पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ र दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको दक्षिण अफ्रिका आजको खेलमा पनि पराजित भएमा उसको विश्वकप यात्रा निकै कठिन हुनेछ । भारत भने आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्न चाहन्छ । दुई टोलीका बीच यस अघी भएका पाँच वटा प्रतिस्पर्धामा भारतले चारवटामा जित निकालेको छ  भने दक्षिण अफ्रिकाले एउटा खेल जितेको छ । आइसिसीको आयवजनामा भएका सन् २०१२ यताका पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू पाँच वटै भारतले जितेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here