अष्ट्रेलियामा बन्दुक आक्रमण

210

काठमाडौं, जेठ २२:अष्ट्रेलियाको डार्विन शहरको विभिन्न पाँच स्थानमा भएको बन्दुक आक्रमणमा चारजनाको मृत्यु भएको छ । स्थानीय होटल र बारहरुलाई लक्षित गरी भएको घटनामा अन्य केही व्यक्तिहरु पनि घाइते भएका छन् । सन् १९९६ मा तासमानियामा ३५ जनाको ज्यान जाने गरी बन्दुक आक्रमण गराइए पछि त्यहाँ बन्दुक राख्न प्रतिवन्ध लगाइएको थियो । त्यस यता अष्ट्रेलियामा बन्दुक आक्रमणको घटना भएका थिएनन् । घटनाको तत्काल कसैले जिम्मेवारी लिएका छैनन् । प्रहरीले घटनामा आतङ्कवादी समूहको हात रहेको वा नरहेकोबारे अनुसन्धान भइरहेको जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here