इटलीको बलोङ्गा अवस्थित राजमार्गमा एउटा ट्याङ्कर ट्रक विष्फोट

88
इटाली सडक दूर्घटना

इटलीको बलोङ्गा अवस्थित राजमार्गमा एउटा ट्याङ्कर ट्रक विष्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु हुनुका साथै ६७ जना घाइते भएको इटली प्रहरीले सिएनएनलाई जनाएको छ । बलोङ्गाको स्थानीय स्वास्थ्य संस्थाका अनुसार ५५ जनालाई अस्पताल पुर्यााइएको छ । घाइते मध्ये दुई जना प्रहरी अधिकारी समेत रहेका छन् ।

विष्फोटपछि आगो सहितको कालो बाक्लो धुवाको मुस्लो आकाशमा उडिरहेको दृश्य टेलिभिजनहरुले प्रसारण गरेका छन् । विष्फोट भएको स्थानमा सडकमा ठूलो प्वाल परेको छ । प्रहरीले विष्फोट भएको स्थान नजिक सर्वसाधारणलाई नजान सचेत गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here