आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाको दोस्रो जित

183

काठमाडौं, जेठ २४:इंग्ल्याण्ड र वेल्समा भइरहेको आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाले दोस्रो जित दर्ता गराएको छ । हिजो भएको आफ्नो दोस्रो खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले पराजित गर्यो । टस हारेर सुरुवाती व्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २८८ रन बनाएको थियो । २८९ रनको मध्यम लक्ष्य पछ्याउदै व्याटिङका लागि मैदानमा आएको वेष्ट इण्डिजले सबै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७३ रन मात्र बनाउन सक्यो । जितसंगै २ खेलबाट ४ अंक जोडेको अष्ट्रेलिया तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले हराएको वेष्ट इण्डिजको भने २ खेलबाट २ अंक छ । विश्वकपमा आज दुई दक्षिण एशियाली मुलुक पाकिस्तान र श्रीलंकाबीच खेलहुने कार्यक्रम छ । समान २ खेल खेलेका यी दुबै टोलीले एक-एक खेल जित्दै समान २ अंक जोडेका छन् । आजको खेलमा जित निकाल्दै अग्रता दोब्बर बनाउने रणनीतिमा दुबै टोली मैदानमा उत्रदै छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here