कैलाली र कन्चनपुरमा हावाहुरी/२ जनाको मृत्यु

288

काठमाडौं, जेठ २४:कैलाली र कंचनपुरमा हिजो साँझ आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने करीब १ सय जना घाईते भएका छन् । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालीका वडा नं ८ का वीरबहदुर चौधरी र टीकापुर नगरपालीका २ का लाहानु चौधरी रहेको हाम्रा कैलाली संवाददाता भरत शाहले जनाएका छन् । गम्भीर घाईते ३ जनालाई थप उपचारका लागि कोहलपुर र १ जनालाई भारत लगिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनु भयो । ३५ जना उपचार पछि घर फर्केका छन् भने ३७ जनाको विभिन्न स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ । हावाहुरीले सयौं घरमा क्षति पुर्‍याएको छ भने बिजुलीका पोल र रुखहरु ढलेर सडक समेत अबरुद्ध छ । मुख्य सडकको अवरोध हटाईए पनि सहायक सडकहरुको अवरोध कायमै रहेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनु भयो । यसैगरी कञ्चनपुरमा पनि हावाहुरिले व्यापक क्षति पुर्याएको छ । तीब्र हावाहुरिका कारण कन्चनपुरमा २३ जना घाइते भएका छन् । जसमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । हावाहुरिले विजुलीका पोल ढाल्नुका साथै घरका छानाहरु उडाएको छ । अधिकांश विजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here