बर्षाका कारण दक्षिण अफ्रिका र वेष्ट इन्डिजबीचको खेल स्थगित

136

काठमाडौं, जेठ २८:खेल सुरु भएको केही बेरमै पानी पर्न सुरु गरेपछि आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीका र वेष्ट इण्डिजबीचको खेल स्थगित भएको छ । जारी विश्वकपको १५औ खेलमा आफ्नो पक्षमा सुखद नतिजा ल्याउने लक्ष्य सहित मैदानमा उत्रिएका दुबै टोलीको लक्ष्यमा बर्षा वाधक बन्यो । साउथह्याम्पटन स्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको दक्षिण अफ्रीकाले ७ ओभर ३ बलमा २ विकेट गुमाएर २९ रन बनाउदै गर्दा पानी पर्न सुरु भयो । वर्षा नरोकिएपछि खेल नै स्थगित गरियो । खेल स्थगित भएपछि दुवै टोलीले एक एक अंक बाडेका छन् । यो संगै वेष्ट इण्डिजले ३ खेलमा ३ अंक जोडेको छ । ४ खेल खेलेको दक्षिण अफ्रीकाले भने एक अंक जोडेको छ । विश्वकपमा आज बंगलादेश र श्रीलंका बीच खेलहुने कार्यक्रम छ । समान ३ खेलेर एक-एक खेल जितेका श्रीलंकाको ३ अंक छ भने बंगलादेशको २ अंक छ । दुई टोलीबीच भएको पछिल्लो ३ भेटमा श्रीलंकाले तीनवटै खेल जितेको छ । यस मानेमा आज श्रीलंका बंगलादेश विरुध्द जीत निकाल्नेमा ढुक्क छ । तर आयोजक इङ्ल्याण्डलाई हराएर उच्च मनोबल बनाएको बंगलादेश पनि जीत दर्ता गर्ने लक्ष्यमा छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here