मालीमा साम्प्रदायिक हमला/एक सय भन्दा बढीको मृत्यु

140

काठमाडौं, जेठ २८:साम्प्रदायिक हमलाको एउटा घटनामा मालीमा एउटा गाउँका कम्तीमा एक सय  जना मारिएका छन् । बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरी गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । घटनामा कम्तीमा १९ जना अझै हराइरहेका छन् । स्थानीय सुरक्षा श्रोतले गाउँमा जाताततै शवहरू जलेको अवस्थामा भेटिएको बताएका छन् । खोजी जारी रहेकोले मृतकको सङ्ख्या थप केही बढ्न सक्ने अनुमान गरिएको छ । पछिल्ला केही महिना मालीमा आदिवासी र अतिवादी धार्मिक समूहको संलग्नतामा थुप्रै आक्रमणका घटनाहरु भइरहेका छन् । झण्डै ५० जनाको संख्यामा मोटरसाइकलमा आएका सशस्त्र समूहले पूरै गाउँलाई घेराबन्दी गरी आक्रमण गरेकाले घटनाबाट भाग्न खोज्ने पहिले मारिएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । मालीमा डोगोन शिकारी तथा अर्ध फिरन्ते फुलानी जातिहरु बीच बारम्बार द्वन्द हुने गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here