बेलायतमा प्रधानमन्त्रीका लागि १० जनाको उमेदवारी

62

काठमाडौं, जेठ २८:बेलायतमा सत्तारुढ कन्जर्भेटिभ दलको नेता र भावी प्रधानमन्त्री बन्न १० जना नेताहरुको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्ने हिजो अन्तिम दिन पुर्व मन्त्रीहरु सहित १० जनाले मनोनयन दर्ता गराएका छन् । पाँच जना बहालवाला मन्त्री, चार जना पुर्व मन्त्री र पार्टीकै प्रमुख सचेतकले दलको नेता बन्न उम्मेदवारी दिएका छन् । दलकी नेता एवं प्रधानमन्त्री टेरेजा मे ले गत साता पदबाट राजिनामा दिए पछी कन्जरभेटिभ दलभित्र नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा सुरु भएको छ । नयाँ नेता चयन नभएसम्म मे नै प्रधानमन्त्रीका रुपमा रहिरहनुहुने छ । मनोनयन दर्ता गराएकाहरु मध्येबाट एक जना नेता चयनका लागि अब पर्सी बिहिवार देखि चार चरणमा दलका ३१३ जना सासंदहरुले मतदान गर्नेछन् । सांसदको मतदानबाट छानिएका शिर्ष दुई नेतालाई देशभर रहेका दलका सबै १ लाख ६० हजार बढी सदस्यहरुले भोट हाल्नेछन् र दलको भावी नेतृत्व चयन गर्नेछन् । दलको त्यही नेता मे लाई प्रतिस्थापन गर्दै बेलायतको प्रधानमन्त्री समेत बन्ने छ । नेतृत्व चयनको यो सबै प्रकृया यसै जुलाइ महिनाको अन्तिम सम्ममा टुङ्गिने र नेतृत्व घोषणा अर्को महिना गरिने बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here