धावनमार्ग स्तरोन्नतिको मुख्य काम सम्पन्न

157

काठमाडौं, जेठ २८:त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति ‘रनवे रिह्याब’ को मुख्य काम सकिएको छ । विमानस्थलको तीन हजार ५० मिटर लामो धावनमार्गको पहिलो चरणको कालोपत्र ‘पिच’ सम्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ । धावनमार्ग खनेर पिच परिवर्तन गर्ने पहिलो चरणको काम सकिएको हो । अब पुनः पातलो गरी कालोपत्र गरिनेछ । बाँकी काम यही असार १५ भित्रै सम्पन्न गर्नेगरी काम भइरहेको पनि बिमानस्थल कार्यालयले जनाएको छ । आयोजनाले गत चैत १८ देखि धावनमार्ग मर्मतको काम शुरु गरेको हो । स्तरोन्नतिको काम दैनिक १० घण्टा हवाइ उडान बन्द गरेर भैरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here