जाजरकोट–डोल्पा सडक निर्माण कार्य असार मसान्तसम्म पूरा हुने

245

काठमाडौं, जेठ २८:जाजरकोट–डोल्पा सडक खण्डको निर्माण कार्य असार मसान्तसम्म पूरा हुने भएको छ । हाल डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरसम्म मात्र सडक पुगेको छ । असार मसान्तसम्म ११८ किलोमिटर लमो सडकको निर्माण कार्य पूरा हुने नेपाली सेनाले जनाएको छ । २०६१ सालमा सल्यानको सल्ली बजारदेखि निर्माण थालिएको भेरी करिडोर करीब १५ वर्षपछि डोल्पा सदरमुकाम दुनैसम्म पुग्ने भएको हो । त्रिपुराकोटदेखि दुनैसम्मको १४ दशमलव तीन किलोमिटर सडक स्तरोन्नतिको काम शुरु भएसंगै डोल्पाको सदरमुकाम दुनै सढक सञ्जालमा जोडिन लागेको हो । जाजरकोट–त्रिपुरोकोट बगरसम्मको सडकको ट्रयाक खोल्ने काम गत मङ्सिरमा भएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here