‘अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’- प्रम ओली

183

काठमाडौं, जेठ २८:प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील अन्तरराष्ट्रिय श्रम वातावरणलाई सम्बोधन गर्न नेपालले दरिलो कानूनी र नीतिगत सुधार अपनाएको बताउनुभएको छ । विश्व श्रम सङ्गठन आइएलओको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा आयोजित अन्तरराष्ट्रिय श्रम सम्मेलनको १०८ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आइएलओका मौलिक उपकरणलाई पक्ष राष्ट्रको नाताले नेपालमा पनि लागू गरिएको बताउनुभयो । नेपालको कानूनले जुनसुकै श्रमिक भए पनि विभेद नगरेको बताउँदै उहाँले उनीहरुलाई सामाजिक सुरक्षा दिइएको र अनौपचारिक क्षेत्रलाई औपचारिक प्रक्रियामा लगिएको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले नेपाल सरकार अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न केन्द्रित रहेको बताउदै अब ‘सक्षम श्रमिक, समृद्ध नेपाल, सुखी नेपाली’ नारा बनाउन चाहन्छौँ ” भन्नुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here