साउदी अरेबिया र क्यानडाबीच कूटनीतिक तनाव

160
साउदी अरेबिया क्यानडा

साउदी अरेबियाले आफ्नो देशमा जेलमा रहेका मानव अधिकारकर्मीलाइ छोड्न दवाव दिएको भन्दै क्यानडाका राजदूतलाई देश छोड्न भनेको छ । क्यानेडाली राजदूत डेनिस होराकका गतिविधि आफ्नो मुलुको हित विपरीत हुनेगरी आएका भन्दै साउदी अरवले राजदूतलाइ २४ घण्टाभित्र देश छाड्न भनेको हो । आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै उसले क्यानडासँगको सम्पूर्ण व्यापार तथा लगानीका कारोबारलाई पनि रोक्ने घोषणा गरेको छ ।

साउदी सरकारले राजधानी रियादबाट क्यानडाको टोरन्टो सम्म हुदै आएको सिधा हवाइ उडान पनि बन्द गराएको छ । राजदूतलाइ देश निकाला गर्दै सम्वन्ध कटौती गर्ने साउदी अरेवियाको निर्णय गम्भिर भएको भन्दै क्यानडाले कडा प्रतिक्रिया जनाएको छ । उसले सो विषयबारे थप प्रस्ट पार्न पनि रियादलाइ आग्रह गरेको छ ।

क्यानडाले मानव अधिकारको पक्षमा वकालत गरिरहने पनि बताएको छ । साउदी अरव प्रशासनले हालै वेभसाइटमा प्रकाशित सामाग्रिको विषयलाइ लिएर एक ब्लगरलाइ जेल हालेको थियो । त्यसको विरुद्धमा वकालत गरिरहेका अन्य केही मानव अधिकारकर्मीहरुलाइ समेत प्रशासनले गिरफ्तार गरेको छ । क्यानडेली राजदूतले उनीहरुलाइ जेल मुक्त गर्न दवाव दिनुभएपछी साउदी सरकारले उहाँलाइ देश छोड्न भनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here