आजअष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै

143

काठमाडौं, जेठ २९ :इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डको सोमरसेटमा हुने खेलमा उपाधि दाबेदार राष्ट्र अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छन् । अष्ट्रेलियाले ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोडेको छ । अष्ट्रेलिया तेस्रो खेलमा भारतसंग ३६ रनले पराजित भएको थियो । तालिकाको चौंथो स्थानमा रहेको अष्ट्रेलिया भारतसंगको हारलाई बिर्सदै जितको यात्रा कायम गर्न चाहन्छ । यता, पाकिस्तान विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ३ खेलमा १ जित, १ हार र १ बराबरी खेलेको पाकिस्तानको ३ अंक छ । पाकिस्तान अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आफुलाई शीर्ष चारको दाबेदारीको रुपमा प्रस्तुत गर्न चाहन्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here