भारतमा गर्मीका कारण चार जनाको मृत्यु

175

काठमाडौं, जेठ २९ :भारतमा विगत दुई हप्तादेखि बढेको अत्यधिक गर्मीका कारण राजधानी नयाँ दिल्लीबाट झाँसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको छ । रेलमा यात्रा गरिरहेका चारैजनाको गर्मीकै कारण निधन भएको भारतीय अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् । मृतकमध्ये एक जना ८१ बर्षीय वृद्ध समेत रहेको बताइएको छ । भारतीय रेल सेवाका प्रवक्ता अजित कूमार सिंहले रेलभित्रै यात्रुको निधन हुनु  अकल्पनीय र दुर्भाग्यपूर्ण घटना भएको बताउनु भयो । रेल झाँसी नजिकै पुग्दा एक यात्रु विरामी भएको भन्ने खबर आएको र तत्काल स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुग्दा तीन जनाको मृत्यु भइसकेको उहाँले बताउनु भयो । एक जनाको उपचारका क्रममा अस्पतालमा निधन भएको थियो । घटना भएको समय उत्तर प्रदेशको झाँसी र वरपरको तापक्रम ४५ डिग्री सेल्सियस रहेको बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here