नेपाल एअरलाइन्सले जापानमा उडान भर्ने योजनामा ढिलाइ

292

काठमाडौं, जेठ २९ :जापानको ओसाका उडान गर्ने नेपाल एयरलाइन्सको योजना डेढ महिनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो । तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते देखि नियमित उडान गर्ने तयारी गरेको छ । पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । सहायक प्रवक्ता कोइरालाका अनुसार अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रति उडान एक करोड रुपैयाभन्दा बढी निगमले आर्थिक घाटा बेहोर्नुपर्छ । निगमले वाइड बडी ए–३३० जहाजमार्फत जापानमा उडान भर्ने योजना बनाएको थियो । उसले जापानसँगै चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तब्यमा उडान भर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here