बैदेशिक ऋण नेपालको आवश्यकता र प्राथमिकताको आधारमा लिइने- प्रम ओली

153

काठमाडौं, जेठ २९ :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा वैदेशिक ऋण लिने बताउनुभएको छ । बिबिसी वल्र्डलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न सक्ने क्षमता नेपाल सरकारसँग भएको पनि स्पष्ट गर्नुभयो । विकासका संरचना निर्माण गर्दा वातावरणमा पर्ने प्रभावका विषयको प्रश्नमा प्रधानमन्त्री ओलीले वातावरण सन्तुलनका लागि नेपालले निकै योगदान दिएको बताउँदै यस वर्ष एक करोडभन्दा बढी रुख रोप्ने अभियान चलाइने जानकारी दिनुभयो । उहाँले विकासको कुरा गर्दा वातावरण क्षय र लापरवाहीको प्रश्न सधैँ देखिए पनि नेपाल यसप्रति सचेत भएको उल्लेख गर्नुभयो । सगरमाथामा आरोहीले घण्टौँ पर्खनुपर्ने भन्ने विषयमा अनावश्यक हल्ला चलेको बताउँदै प्रधानमन्त्री ओलीले हल्ला गरिएझैँ अबस्था जटिल नभएको बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here