रसुवाको गोसाँईकुण्ड गाँउपालिकास्थित घट्टेखोलाको पुल मर्मत सुरु

136
घट्टेखोलाको पुल

रसुवाको गोसाँईकुण्ड गाँउपालिकास्थित घट्टेखोलाको पुल मर्मत सुरु गरिएको छ । दश दिन अघिको बाढीले क्षति पुर्यातएको पुलको मर्मत सुरु गरिएको हो । बाढीले पुलको दुवैतर्फको पिल्लरमा क्षति पुर्याकएको सडक डिभिजन कार्यालयले जनाएको छ । मर्मत कार्य सक्न करिब पन्ध्र दिन लाग्ने डिभिजन कार्यालय नुवाकोटले जनाएको छ ।

पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको तिरतिरे भीरमापहिरो गएपछि निर्माण सामग्री आयात गर्न नसक्दा पुलको मर्मत हुन सकेको थिएन । पुल मर्मत नहुँदा ठूला सवारी साधनको आवागमनमा रोक लगाइएको छ । ठुला सवारी साधन नचल्दा चीनबाट नेपाल आयात गरिने सामानहरु ल्याउन समेत समस्या भएको छ । यसैबीच स्याउ, लसुन लगायतका सामग्री कुहिन थालेपछि व्यापारीले भरियालाई बोकाएर सामग्री टिमुरेसम्म ल्याउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here