बंगलादेशद्वारा वेष्ट इन्डिज पाराजित

173

काठमाडौ, असार ३ :बंगलादेशले इतिहास रच्दै इङ्ल्याण्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दोस्रो जीत दर्ता गराएको छ । जारी विश्वकपको २३औ खेलमा उपाधिकै दावेदार मानिएको वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै बंगलादेश विजयी भएको हो । वेष्ट इण्डिजले दिएको ३ सय २२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनको अविजित १२४ रनको शतकीय पारी महत्वपूर्ण रह्यो । टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो । दुइ देश बीच यस अघी भएका खेलमा सधै जस्तै वेष्टइन्डिज भावी हुदै आएको थियो । तर बंगलादेशका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतियोगितामा महत्वपूर्ण २ अंक जोडेको छ । विश्वकपमा आज आयोजक इङ्ग्ल्याण्ड र अफगानिस्तान बीच खेल हुने कार्यक्रम छ । ४ खेलमा ३ मा जीत र एकमा हार व्यहोर्दै चौथो स्थानमा रहेको इङ्ग्ल्याण्ड आजको खेल जित्दै अंक तालिकामा माथि उक्लने लक्ष्यमा छ भने सबै चार खेल हार्दै अंक तालिकाको पुछारमा रहेको अफगानिस्तान सान्त्वना जीतको खोजीमा छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here