इरानमा थप लडाकु खटाउने अमेरिकी तयारी

159

काठमाडौ, असार ३ :संयुक्त राज्य अमेरिकाले इरानसँग तनाव बढ्दै गएपछि मध्यपूर्वमा थप १ हजार लडाकु खटाउने जनाएको छ । अमेरिकाले मध्य पूर्वमा थप सैन्य लडाकु तैनाथ राख्ने निर्णयलाई इरानी सेनाले शत्रुतापूर्ण व्यवहारका रुपमा हेरेको अमेरिकी कार्यवाहक रक्षामन्त्री प्याट्रिक सनाहनले बताउनु भयो । खाडीको ओमानमा हालै भएको इन्धन ट्याङ्कर माथिको आक्रमण लगायत इरानसँग सम्बन्धित नयाँ फोटोहरु अमेरिकी नौसेनाले पनि सार्वजनिक गरेको छ । इरानले पनि सन् २०१५ मा भएको आणविक कार्यक्रम बन्द गर्ने सम्बन्धी सम्झौता पालन नगर्ने सोमबार घोषणा गरेको छ । साथै आगामी जुन २७ भित्र परमाणु सन्धिको स्तरभन्दा माथि हुनेगरी युरेनियमको प्रवर्द्धन गर्ने जनाएको छ । गत वर्ष सन्धिको उल्लंघन गरेको भन्दै अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धको विरोधस्वरुप इरानले यस्तो कदम उठाएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here