चीनका राष्ट्रपति सी चीङ फिङ उत्तर कोरियाको भ्रमणमा

106

काठमाडौ, असार ३ :चीनका राष्ट्रपति सी जीङ पिङ उत्तरकोरियाको भ्रमणमा जानुहुने भएको छ ।  राष्ट्रपति सी पर्सि बिहिवार दुइ दिने भ्रमणका क्रममा उत्तर कोरियाको राजधानी प्योङयाङ जान लाग्नुभएको चीनियाँ सरकारी सञ्चार माध्यमले जनाएका छन् । चीनियाँ उच्च नेताको १४ बर्ष पछि हुन लागेको उत्तर कोरियाको भ्रमणका अवसरमा उत्तरले सामना गर्नु परिरहेका विविध समस्याहरुका बारेमा छलफल हुने बताइएको छ । भ्रमणका बेला राष्ट्रपति सी र उहाँका उत्तर कोरियाली समकक्षी किम जोङ-उन बीच कोरियाली प्रायद्वीपका साझा समस्याहरुबारे पनि विचार विमर्श हुने चीनियाँ सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । सन् २०१२ मा सत्तामा आए यता चीनका राष्ट्रपति सीले पहिलो पटक उत्तर कोरियाको भ्रमण गर्न लाग्नुभएको हो । यस बीचमा उत्तर कोरियाली नेता किमले भने चार पटक चीनको भ्रमण गरिसक्नुभएको छ । एक हप्ता पछि जापानमा आयोजना हुन लागेको विकसित मुलुकहरूको समूह जी-२० सम्मेलन अघी चीनका राष्ट्रपति सीले गर्नलाग्नुभएको उत्तरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । आणविक कार्यक्रमलाई स्थगित नगरेकोले अन्तर्राष्ट्रिय प्रतिवन्धको सामना गरिरहेको उत्तरसंग अमेरिकाले दुइ चरणमा शिखर वार्ता गरेको भएपनि ठोस निष्कर्ष भने निस्कन सकेको छैन । प्रतिवन्धकैबीच चीनले भने उत्तर संगको सहकार्यलाई निरन्तरता दिइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here