देशभर गर्मी बढ्दो

99

काठमाडौ, असार ३ :काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रमसंगै गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार मनसुन भित्रिने बेलामा अरब सागरमा बनेको वायु र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो । अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । यसैबीच हिजो बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आएकाले आजबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो साँझ काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस थियो । हिजो दिपायल र विराटनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रह्यो । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री मापन गरियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here