लोकसेवाको विज्ञापन विरुद्द फेरि रिट दायर

211

काठमाडौ, असार ३ :लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापनविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दायर भएको छ । स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरिएको हो । स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छिन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेका कर्मचारीको योगदानलाई बेवास्ता गर्दै विज्ञापन गरिएको भन्दै रिट निवेदनमा परीक्षा रोक्न माग गरिएको छ । निवेदनमा आन्तरिक प्रतिस्पर्धाका लागि केही सिट आरक्षण हुनुपर्ने उल्लेख छ ।   सर्वोच्च अदालतमा स्थानीय तहका विभिन्न पदका लागि आयोगले जारी गरेको विज्ञापनविरुद्ध चार वटा रिट निवेदन दायर भइसकेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here